कञ्चनपुर । भारतमा रोजगारी गरेर घर फर्किने क्रममा टिका बुढा र उनका छोरा जनक बुढा गढाचौकी नजिकै लुटिएका छन् ।
अछामको ढकारी गाउँपालिका–१ भौरेगाउँका ३९ बर्षका टिका बुढा र उनका छोरा २१ बर्षका जनक बुढा सिमानामा लुटिएका हुन् । अपरिचित चार जनाले पेय पदार्थ जबरजस्ती खुवाई बेहोस बनाएर उनीहरुबाट पैसा र कपडाहरु लुटपाट गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथमा भएको भारतीय रुपैयाँ ५२ हजार र लुगा कपडा लुटपाट गरी उनीहरुलाई सडकमा बेहोस अस्वस्थामा छाडिएको अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कञ्चनपुर प्रहरीलाई दुई जना बेहोस अवस्थामा रहेको जानकारी आएपछि गएको प्रहरी टोलीले उनीहरुका उद्धार गरेको हो । प्रहरी टोलीले नेपाल रेड्क्रसको एम्बुलेन्स मार्फत महाकाली अञ्चल अस्पतालमा उनीहरुलाई ल्याएर उपचारका लागि भर्ना गराएको जनाएको छ । अहिले उनीहरुको उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।






















प्रतिक्रिया