Logo

प्रमुख समाचार

बागमतीमा गाडी भाडा बढ्यो, कहाँ जान कति ? (सूचीसहित)



काठमाडौं । बागमती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा बढेकाे छ ।

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै वागमती प्रदेशको श्रम, रोजगार तथा यातायत मन्त्रालयले काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेको हो ।

वागमति प्रदेशमा १३ जिल्ला छन्। काठमाडौं उपत्यका बाहिरको हकमा ५.३१ प्रतिशतले भाडा वृद्धि गरेको वाग्मती प्रदेश सरकारले काठमाडौं उपत्यकामा भने किलोमिटरका आधारमा भाडा बढाएको हो ।

उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा शून्य किलोमिटरदेखि पाँच किलोमिटरसम्म १९, १० किलोमिटरसम्म २६, १५ किलोमिटरसम्म ३१, २० किलोमिटसम्म ३५ र २० किलोमिटरभन्दा माथि ४० रुपैयाँ भाडादर कायम गरेको छ ।

काठमाडौं–नारायणगढको भाडा ४३३ रुपैयाँ पुर्याइएको छ। यसअघि ४२१ रुपैयाँ थियो।

काठमाडौं हेटौंडासम्मको भाडा ६५५ रुपैयाँ कायम भएको छ। काठमाडौं–पनौतीसम्मको भाडा ९२ रुपैयाँ पुर्याइएको छ। काठमाडौं–बाह्रबिसेसम्मको भाडा ३०३ रुपैयाँ कायम भएको छ।

काठमाडौं–बल्खु–हेटौंडासम्मको भाडा ६४२ रुपैयाँ कायम भएको छ। नारायणगढ–धादिङबेसीसम्मको भाडा ३०६ रुपैयाँ कायम भएको छ। काठमाडौं–जिरीसम्मको भाडा १ हजार ३८ रुपैयाँ कायम भएको छ।

ट्याक्सी भाडा पनि बढेको छ। ट्याक्सी भाडा प्रति २०० मिटर १० रुपैयाँ ३४ पैसा कायम गरिएको बागमती प्रदेशको राजपत्रमा उल्लेख छ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार ०६:४०   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।