Logo

अर्थ

माछापुच्छ्रे बैंकले ल्यायो कर्मशील बचत खाता, यस्ता छन् विशेषता



काठमाडौं । माछापुच्छ्रे बैंकले कर्मशील बचत खाता योजना ल्याएको छ । बैंकले शुल्य ब्यालेन्समा यो खाता खोल्न सकिने जनाएको छ ।

विदेशमा बस्ने नेपाली युवाहरुलाई बैंकिङ प्रणालीमा जोड्नुका साथै आईपीओ भर्ने सुविधा सुनिश्चित गर्न यो खाता निकै सहज हुने बैंकले जनाएको छ । यो खाता बैदेशिक रोजगार अनुमति पत्रका आधारमा खोल्न सकिनेछ । बैंकले विदेशमा बस्ने नेपालीहरुलाई यो खातामार्फत आईपीओ भर्न सहज हुने बताएको छ ।

सरकारको पछिल्लो निर्णयअनुसार बैदेशिक रोजगारमा गएका नागरिकले आईपीओमा पाउने १० प्रतिशतको आरक्षणअन्तर्गत सुविधा लिन यो खाता महत्वपूर्ण हुने बैंकले जनाएको छ । तर त्यो सुविधा पाउन छ महिनाभित्र बैंकको खाता खोलेर बैंकमा पचास हजार रुपैयाँको कारोबार गरेको हुनुपर्नेछ ।

बैंकले यो खातामा ८ प्रतिशत ब्याजदर दिने जनाएको छ । त्यस्तै यो खातामार्फत चेकबुक, स्टेटमेन्ट निशुल्क प्राप्त हुनेछ । त्यस्तै निशुल्क इन्टरनेट बैंकिङ सुविधा, निशुल्क डिम्याट खाता, निशुल्क मेरो शेयर र निशुल्क सीआस्बा सुविधा पनि बैंकले यो खाताअन्तर्गत दिने जनाएको छ । यो खाता खोल्न यहाँ लिंकमा क्लिक गर्न सक्नुहुनेछ ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १७:५१   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।