काठमाडौं । सन् २०२५ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) बुधबार रातिबाट खुलेकाे छ ।
काठमाडौं स्थित अमेरिकी दूतावासले नेपाली सयम अनुसार बुधबार राति ९ बजेर ४५ मिनेटपछि आवेदन खुला भएकाे जानकारी दिएकाे हाे ।
यो कात्तिक २१ गते नेपाली समय अनुसार १०ः४५ बजे बन्द हुने । अमेरिकाले हरेक वर्ष डीभी भरेकाहरुलाई चिठ्ठामार्फत अमेरिका लैजाने गरेको छ । डीभी परेर अमेरिका जानेहरुले उतैको ग्रीनकार्ड पाउने गर्छन् ।
अनलाइन फारम कसरी भर्ने
सन् २०२५ को डाइभर्सिटी भिसाका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई भिसा आवेदन फारम भर्नु पर्नेछ ।
दर्ता गर्दा आफ्ना पतिरपत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ। उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।
एक जनाले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन् ।





















प्रतिक्रिया