Logo

प्रमुख समाचार

डिभीकाे आवेदन खुल्यो, कसरी भर्ने ?



काठमाडौं । सन् २०२५ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) बुधबार रातिबाट खुलेकाे छ ।

काठमाडौं स्थित अमेरिकी दूतावासले नेपाली सयम अनुसार बुधबार राति ९ बजेर ४५ मिनेटपछि आवेदन खुला भएकाे जानकारी दिएकाे हाे ।

यो कात्तिक २१ गते नेपाली समय अनुसार १०ः४५ बजे बन्द हुने । अमेरिकाले हरेक वर्ष डीभी भरेकाहरुलाई चिठ्ठामार्फत अमेरिका लैजाने गरेको छ । डीभी परेर अमेरिका जानेहरुले उतैको ग्रीनकार्ड पाउने गर्छन् ।

अनलाइन फारम कसरी भर्ने

सन् २०२५ को डाइभर्सिटी भिसाका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई भिसा आवेदन फारम भर्नु पर्नेछ ।

दर्ता गर्दा आफ्ना पतिरपत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ। उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।

एक जनाले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन् ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार ०९:२९   :  बजे

288
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।