काठमाडौं । आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङखुला भएको छ ।
आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।
गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि आजदेखि बुकिङ खुला गरिएको हो ।
दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।





















प्रतिक्रिया