Logo

अन्तर्राष्ट्रिय

इजरायलले उर्जा, इन्धन र खानेपानी राेकिदिएपछि गाजामा अस्पतालकाे सेवासमेत ठप्प हुँदै



एजेन्सी । विगत पाँच दिनदेखि भइरहेकाे इजरायल प्यालेस्टाइनकाे युद्वमा हजाराैं मान्छेहरुले ज्यान गुमाइसकेका छन् भने हजाराैं घाइते तथा अपाङ्ग भएका छन् ।

इजरायलले पछिल्लाे समय प्यालेस्टाइनकाे गाजा क्षेत्रमा बिजुली पानी पेष्ट्राेललगायत सबै उर्जामा स्राेतहरुकाे आपूर्ति गाजा क्षेत्रमा हुन नदिएपछि गाजा क्षेत्रकाे अवस्था झन भयावह भएकाे छ । इन्धनकाे भरमा बिजुली निकालेर अस्पतालहरु सञ्‍चालन भइरहेकाेमा इन्धन नै सकिने भएपछि झनै हाहाकार भएकाे अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमहरुले जनाएका छन् । इजरायलले निरन्तर रुपमा गाजामा बम हमला गरिरहेकाे छ । इजरायलले निरन्तर प्रहार गरेकाे बमबारुदबाट गाजामा भएका विश्‍वविद्यालय सञ्‍चारका टावरहरुऽ भवनहरु सडकमा समेत पूर्ण क्षति पुर्‍याएकाे जनाइएकाे छ ।

मस्जिदहरु पनि बमले ध्वस्त भएका छन् । गाजा क्षेत्रमा मानिसहरु बिजुली पानी र खानाकाे अभावमा मर्ने अवस्थामा पुगेकाे जनाइएकाे छ । गाजा क्षेत्रकाे साैन्दर्यता बम बारुदकाे गन्धमा बदलिएकाे जनाइएकाे छ ।

यसैबीच इजरायललाई अमेरिका तथा यूराेपियन युनियनहरुले सैन्य सहयाेग गरिरहेका छन् । विश्‍व स्‍वास्‍थ्य संगठनले गाजा क्षेत्रमा मानविय सहयाेग लैजान दिन इजरायलसँग अपील गरेकाे छ । इजरायलले भने उक्त क्षेत्रमा मानवीय सहयाेग लैजान दिएकाे छैन् । उसले बिजुली र पानीकाे सुविधा पनि टुटाइदिएकाे छ ।

गाजा क्षेत्रमा ९०० जना नागरिककाे मृत्यु भइसकेकाे र पाँच हजारभन्दा बढी घाइते  भएकाे जनाइएकाे छ । २ लाख ६० हजारभन्दा बढी नागरिक गाजा क्षेत्रबाट विस्थापित भएकाे र त्यसमध्ये एक लाख ७५ हजारभन्दा बढी यूएनकाे स्कुलहरुमा शरण लिएर बसेकाे जनाइएकाे छ । गाजा क्षेत्रमा मात्रै थाेरैमा ६ जना पत्रकारहरु मारिएकाे जनाइएकाे छ ।

तस्बिरहरु: अलजजिराबाट

गाजा शहरमा ध्वस्त भएका भवनहरुकाे अवस्था
मृत्यु भएका प्यालेस्टाइनका पत्रकारहरु
युद्धले क्षतविक्षत भएकाे ठाउँबाट हिँड्दै प्यालेस्टाइनीहरु
पाँचै दिनमा पनि गाजा क्षेत्रमा बमहरु खसिरहेकाे अवस्थामा नागरिकहरुकाे अवस्था
गाजामा समाचार संकलन गर्न जाँदा ज्यान गुमाएका प्यालेस्टानी पत्रकारहरु
फ्याक्ट्री, मस्जिद, भवनहरु भग्नावषेश बनेकाे अवस्था
गाजाका नागरिककाे अवस्था
सञ्‍चारकर्मीहरु

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार १६:२०   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।