Logo

अन्तर्राष्ट्रिय

इजरायलबाट आफैं आउन चाहने नेपालीको हवाई भाडा सरकारले फिर्ता दिने



युद्धग्रस्त इजरायलबाट आफ्नै खर्चमा स्वदेश फर्कने नेपालीको हवाई टिकटको भाडा सरकारले तिरिदिने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले सरकारले व्यवस्था गरेको भन्दै फरक जहाजमा आउन चाहे उनीहरुको हवाई भाडा तिरिदिने निर्णय गरेको हो । नेपाल आएपछि टिकटका आधारमा उनीहरुको रकम सरकारी कोषबाट फिर्ता गरिदिने निर्णय बैठकले गरेको छ ।

हालसम्म ४ सय नेपालीले तेलअभिभस्थित नेपाली दूतावासमा नाम टिपाएका छन् । पहिलो चरणमा अलपत्र विद्यार्थी लिन परराष्ट्रमन्त्री एनपी साउद आज बिहान तीन बजे नेपाल बायुसेवाको जहाजमार्फत दुबई हुँदै इजरायल प्रस्थान गरेका छन् ।

इजरायलमा केयर गिभरसहित ४ हजार ५ सय र ‘पढ्दै सिक्दै’ कार्यक्रमका लागि गएका २ सय ५५ विद्यार्थी छन् । विभिन्न विश्वविद्यालयबाट २ सय ६५ कृषि विद्यार्थी इजरायल गएका थिए । त्यसमध्ये १० जनाको शनिबार प्यालेस्टाइनी हमास समूहको आक्रमणमा निधन भएको छ ।

पोष्टमार्टमसहित प्रक्रिया पुरा नभएका कारण उनीहरुको शव ल्याउन भने अझै केही समय लाग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार ०८:५४   :  बजे

279
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।