एजेन्सी । इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्र ध्वस्त पारेको छ । त्यहाँका नागरिकहरुलाई त्रसिद बनाएर इजरायलले बिजुली, इन्धन तथा खानेपानीको आपूर्ति नै रोकिदिएको छ ।
स्टक रहेको इन्धन सकिएपछि गाजा क्षेत्रमा अस्पतालहरुले पनि काम गर्न पाएका छैनन् । इजरायलले आफ्ना बन्दी बनाइएका नागरिकहरुलाई नछुटाएसम्म गाजामा गरेको नाकाबन्दी नखोल्ने बताएको छ । उसले त्यहाँ निरनतर बम खसालिरहेको छ । हिजो एकै दिन इजरायलले गाजा क्षेत्रमा गरेको हमलामा २०० भन्दा बढी नागरिकको ज्यान गएपछि इजरायलली कदमको आलोचना भएको छ ।

उता हमास समूह पनि इजरायलविरुद्ध लडिरहेको छ । हमासले आजै १५० रकेट इजरायलमा प्रहार गरेका छ तर त्यसलाई इजरायलले राेक्याे वा क्षति भयाे भन्ने विषय खुलेकाे छैन् । उसले आफ्ना नागरिकलाई ‘इजरायलले धेरै मानिस हताहति पारेको भनेर प्रोपागाण्डा फैल्याएको’ भन्दै नआत्तिन प्यालेस्टाइनीहरुलाई अनुरोध पनि गरेको छ ।

संयुक्त राष्ट्रसंघले इजरायललाई मानवीय सहायता गाजा क्षेत्रमा भित्र्याउने वातावरण बनाइदिन अनुरोध गरिरहेको छ । यूएनले अन्तर्राष्ट्रिय मानवीय सहायताको नियम पूर्ण रुपमा स्वीकार गर्न इजरायललाई अनुरोध गरेको छ । उता युनाइडेड नेशन इन्टरनेस्नल चिल्डेन फर इमर्जेन्सी फण्ड (युनिसेफ)ले इजरायलले गाजामा प्रहार गरेको बमबाट धेरै बालबालिका मारिएको र धेरै घाइते भएको भन्दै तत्कालै उक्त कदम रोक्न भनको छ ।



टोकियोको राजधानीमा प्यालेस्टाइनको पक्षमा प्रदर्शनहरु भएका छन् । प्यालेस्टाइनका स्वास्थ्य मन्त्रीले विश्वभरका देशहरुलाई सहायता पठाउन अनुरोध गरेका छन् । ब्रिटेनमा पनि इजरायल र प्यालेस्टाइनको विषयलाई लिएर विवाद चुलिने अवस्था देखिएको छ । प्यालेस्टाइनको पक्षमा सडकमा विरोध जनाएको भन्दै प्रहरीले ब्रिटेनमा प्रदर्शनकारीलाई पक्राउ गरेपछि विवाद चुलिएको हो । धेरैले प्रहरीको उक्त कदमप्रति बिरोध जनाएका छन् । उता ब्रिटेनले भने इजरायललाई सहायता सामाग्री पठाइरहेको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन इजरायलमै आएर हिजै थप सहायता पठाउने आश्वासन दिएका थिए । उता प्यालेस्टाइनको गाजा क्षेत्रमा भने सहायता पठाउन चाहे पनि इजरायलले नाकाबन्दी गरिदिएकाले सम्भव भएको छैन । समाचारहरुमा इजरायलले गाजाका नागरिकहरुलाई २४ घण्टाभित्र गाजा छाड्न निर्देशन दिएको जनाइएको छ । तर यो विषयको पुष्टि भने भएको छैन ।

अहिलेसम्म इजरायल प्यालेस्टाइनको द्वन्द्वमा २५८ जना इजरायली सैनिकको मृत्यु भएको इजरायलले जनाएको छ । युद्धमा १५ सयभन्दा धेरै प्यालेस्टाइनीहरुको मृत्यु भएको बताइएको छ भने १३ सयभन्दा बढी इजरायलीहरुको ज्यान गएको बताइएको छ ।
इरानमा हजारौं नागरिकहरु सडकमा उत्रिएर प्यालेस्टाइनको समर्थन गरेका छन् । त्यस्तै युएनले आफ्ना केही अधिकारीलाई गाजा क्षेत्रमा पठाएको छ । टर्कीले इजिप्ट हुँदै खानेकुरा र औषधि सहायता गाजा क्षेत्रमा पठाएको छ । र प्यालेस्टाइनीहरु गाजा शहरबाट सुरक्षित स्थानतर्फ सरिरहेका छन् ।
याे पनि पढ्नुहाेस्
गाजा सहर खाली गर्न सर्वसाधारणलाई इजराइली सेनाको आदेश
हमासमाथि अरबको दबाब बढाउने प्रयासमा ब्लिङ्केन
के अरब इस्लामिक देशहरू प्यालेस्टाइनकाे पक्षमा एकजुट हाेलान ?
दोस्रो विश्वयुद्धकाे शैलीमा प्यारासुटबाट हमासले कसरी इजरायलमा आक्रमण गर्याे?
इजरायलले उर्जा, इन्धन र खानेपानी राेकिदिएपछि गाजामा अस्पतालकाे सेवासमेत ठप्प हुँदै





















प्रतिक्रिया