Logo

प्रवास

आजदेखि गैरआवासीय नेपालीलाई नागरिकता वितरण गरिँदै



काठमाडाैं । आजबाट गैरआवासीय नेपालीलाई नागरिकता वितरण गरिने भएकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले गैरआवासीय नेपालीहरूलाई गैरआवासीय नेपाली नागरिकता वितरण कार्यको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । बालुवाटारमा आज एक कार्यक्रमको आयोजना गरी प्रधानमन्त्री दाहालले गैरआवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता वितरण गर्नेछन् ।

पहिलो गैरआवासीय नागरिकता एनआरएनए अध्यक्ष कुल आचार्यलाई प्रदान गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलवार ०९:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।