Logo

प्रमुख समाचार

सदस्यसचिव पदका लागि ८ जनाबिच प्रतिस्पर्धा



काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभीटी) को सदस्यसचिव पदका लागि आठ जनाबिच प्रतिस्पर्धा हुने भएको छ । सदस्यसचिव पदका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आवेदन आह्वान गरेको थियो ।

मन्त्रालयले आवेदक मध्येबाट छानिएका आठ जनालाई कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि मिति तोकेको छ । मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवर्धन शाखाका अनुसार उनीहरूलाई मङ्सिर ८ गते प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति तय गरिएको छ ।

सदस्यसचिवको छोटो सूचीमा परेकामा अरविन्दकुमार चौधरी, महेश भट्टराई, भुवनेश्वर ढुङ्गाना, टेकबहादुर मल्ल, नलराम देवकोटा, अनोज भट्टराई, विनोद बडाल र प्रमोदभक्त आचार्य परेका छन् । याे समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार ०७:१२   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।