Logo

प्रमुख समाचार

टिकटक प्रतिबन्ध विरुद्धको रिट न्यायाधीश विनोद शर्माको इजलासमा



काठमाडौं । टिकटक प्रतिबन्धविरुद्ध परेका १० रिटको सुनुवाइमा न्यायाधीश विनोद शर्माको इजलासमा पेसी तोकिएको छ ।

टिकटकमाथिको प्रतिबन्ध तत्काल हटाउन माग गर्दै दायर रिटमाथि मंगलबार सर्वोच्चमा एक न्यायाधीशको इजलासमा प्रारम्भिक सुनुवाइ हुन लागेको हो । यसअघि हिजो न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको पेसी हेर्न नभ्याइनेमा परेको थियो ।

सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले उत्प्रेषणको आदेशबाट सरकारको निर्णय बदर गरी पूर्ववत् अवस्थामा टिकटक चल्न दिन अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका थिए ।

सरकारको निर्णय गैरकानुनी एवं गैरसंवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको समेत रिटमा उल्लेख गरिएको छ । गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सद्भाव बिगारेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलवार ११:५९   :  बजे

249
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।