१) प्रधान मध्यान्ह रेखालाई कति डिग्री देशान्तर मानिन्छ ?
A) ० डिग्री B) १६० डिग्री C) साढे ६६ डिग्री D) १८० डिग्री
२) शनि ग्रहको सबैभन्दा ठूलो उपग्रहको नाम के हो ?
A) ग्यानिमिड B) टाइटान C) फोक्स D) डिमोआन्द्र ट्रेन्च
३) आन्ध्र महासागरको सबैभन्दा गहिरो स्थानलाई के भनिन्छ ?
A) आन्द्र ट्रेन्च B) मारियाना ट्रेन्च C) पोर्टोरियो ट्रेन्च D) माथिका कुनै होइन्
४) सार्क (SAARC) ले सन् १९९९ लाई कुन वर्षको रूपमा मनायो ?
A) सार्क असल शासन वर्ष B) सार्क जैविक विविधता वर्ष
C) सार्क सांस्कृतिक सम्पदा वर्ष D) सार्क जलवायु न्युनिकरण अभियान वर्ष
५) हिउँको बाघ उपनाम कसको हो ?
A) कामिरिता शेर्पा B) आङरिता शेर्पा C) तेन्जिङ नोर्गे शेर्पा D) बाबुछिरी शेर्पा
६) नेपालको उत्तरी क्षेत्रमा बसोबास गर्ने शेर्पा, लामा, लोवा आदि जातका मानिसले आफ्नी माइली छोरीलाई संस्कारका रुपमा बौद्ध गुम्बाहरुमा चढाउने प्रथालाई के भनिन्छ ?
A) झारा प्रथा B) देउकी प्रथा C) झुमा प्रथा D) सैरेली प्रथा
७) नेपाल नामक गाउँ विश्वको कुन देशमा पर्दछ ?
A) भारत B) जापान C) चीन D) अमेरिका
८) सार्कले सन् २०१० देखि सन् २०२० सम्म कुन दशकको रुपमा मनाइयाे ?
A) सार्क असल शासन वर्ष B) अन्तर क्षेत्रीय सम्पर्क दशक
C) सार्क गरिबी निवारण दशक D) सार्क बालबालीका अधिकार दशक
९) गैरआवासीय नेपाली सङ्घको नवौं सम्मेलनले अध्यक्ष पदमा कसलाई निर्वाचित गयो र उनि कुन देशमा व्यवसाय गर्दछन् ?
A) भवन भट्ट, जापान B) शेष घले, अष्ट्रेलिया
C) कुमार पन्त, जर्मनी D) जीवा लामीछाने, रसिया
१०) नेपालको संविधान बमोजिम गठन भएको भाषा आयोगको अध्यक्ष को हुन् ?
A) बालानन्द पौडेल B) डा. लवदेव अवस्थी C) मिलेन्द्र रिजाल D) लोकेन्द्र मल्लिक
११) पदार्थको अणु भित्र इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन हुन्छ भनी पत्ता लगाउने बैज्ञानिक को हुन् ?
A. सर आइज्याक न्युटन B. आर्किमिडिज
C. थोमस अल्भा एडिसन D. जोन डाल्टन
१२) वर्तमान संविधान बमोजिम राष्ट्रिय सभामा कति जना सदस्यहरु रहने व्यवस्था छ ?
A. ५९ जना B. ५७ जना
C. ७५ जना D. १६५ जना
१३) नेपालमा सबै भन्दा कम बोलिने भाषा तल दिइएका मध्ये कुन हो ?
A. कुसुण्डा B. कागते
C. अरवी D. स्पेनिस
१४) DNA Finger Printing कुन प्रकारको प्रविधि हो ?
A. जैविक प्रविधि B. मेकानिकल प्रविधि
C. रसायनिक प्रविधि D. भौतिक प्रविधि
१५) टाइम्स पत्रिकाले सन् २०२२ को “Time Person of the year” कसलाई घोषणा गरेको छ ?
A) भ्लादिमिर पुटिन B) सी जिङपङ् C) भ्लादिमिर जेलेन्सकी D कमला भासिन





















प्रतिक्रिया