१३ मंसिर, काठमाडौं । मलेसियाको आजियाटा बर्हार्डले एनसेलबाट बाहिरिने घोषणा गरेको छ ।
व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले नेपालबाट बाहिरिने तयारी गरेको स्रोतले बताएको छ । एनसेलबाट बाहिरिने उद्देश्यका साथ आजियाटाले यसको सम्पत्ति बिक्रीमा राखेको बुधबार जारी एक विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीमा मलेसशयाको आजियाटा बर्हार्डको ८० प्रतिशत सेयर स्वामित्व छ । बाँकी २० प्रतिशत सेयर भने सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ । एनसेलको सम्पत्ति बिक्रीमा राखिएकाले आजियाटालाई १ अर्ब ३० करोड मलेसियन रिंगिट खुद घाटा रहेको विज्ञप्तिमा उल्लेख छ ।
एनसेलको सेयर ७ वर्ष अगाडि अजिएटाले किनेको थियो । अजिएटालाई स्वीडेनको टेलिया सोनेराले सेयर बेचेको थियो । आजियाटा मलेशियाको बहुराष्ट्रिय प्रविधि कम्पनी हो ।





















प्रतिक्रिया