Logo

प्रमुख समाचार

कांग्रेसलाई माओवादी नेताको जवाफः ‘हाम्रो काँध चडेर तिम्रो कद उचो भएको हो’



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले माओवादीको काँध चढेर कांग्रेसको कद उचो भएको टिप्पणी गरेका छन् । ललितपुरको गोदावरीमा जारी कांग्रेस महासमिति बैठकमा माओवादीका बारेमा अनेक टीकाटिप्पणी भएपछि उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । माओवादीले छोडेको दिन कांग्रेसको कद पुड्को हुने उनको भनाइ छ ।

‘गोदावरीतिर चुमुकचुमुक गरिरहेका साथीहरूले बेलैमा बुझुन् । हाम्रो काँध चडेर तिम्रो कद उचो भएको हो । छोडेको दिन पुड्को हुनुपर्छ,’– सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार ०७:०९   :  बजे

159
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।