Logo

प्रमुख समाचार

समाजवादी मोर्चामा ल्याउन एमालेसँग पनि संवाद गर्न सकिन्छ : एकीकृत समाजवादी



काठमाडौँ । नेकपा एकीकृत समाजवादीले चार दलीय समाजवादी मोर्चामा एमालेलाई पनि ल्याउन संवाद गर्न सकिने बताएको छ ।

शनिबार बसेको मोर्चाको बैठकले एमालेसहित सबै वामपन्थी शक्तिलाई मोर्चामा आबद्ध हुन पत्राचार गर्ने निर्णय गरेको थियो । त्यही प्रसङ्गमा नेकपा एसका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘हामीले पत्र लेख्ने कुरा गरेका छैनौँ । अनौपचारिक छलफल सुरु भएको छ । सबैसँग छलफल सुरु गर्ने र मोर्चालाई बृहत् बनाउन प्रयास गर्ने हाम्रो मूल नीतिअन्तर्गत पर्छ, एमालेसँग पनि संवाद गर्न सकिन्छ ।’

नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा मोर्चामा आबद्ध छन् । मोर्चाको नेतृत्व अहिले नेकपाका महासचिव विप्लवले सम्हालेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार १७:५१   :  बजे

171
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।