धनगढी- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले कांग्रेस र आफूहरूबिचको छलफल सकारात्मक भएको बताएका छन्।
बिहीबार अबेरसम्म भएको छलफलमा सुदूरपश्चिममा रहेको कांग्रेससहितको विद्यमान सत्ता गठबन्धन जोगाउन कांग्रेस त्याग गर्न तयार रहेको बताएका हुन्।
आफूहरूले मुख्यमन्त्रीसहित केही मन्त्रालय मागेको बताउँदै उनले त्यसमा सहयोग गर्न कांग्रेस तयार रहेको बताए। रातोपाटीसँग नाउपा संरक्षक चौधरीले भने, ‘यता (सुदूरपश्चिम) र उता (केन्द्र)मा पनि म त कांग्रेस बलियो देख्छु। आज सुदूरपश्चिम सरकारबारे निक्र्यौल हुन्छ। हामीले यहाँ राखेको मागप्रति कांग्रेस तयार छ। हामी एक चरणमा अहिले एमाले–माओवादीसँग पनि बस्दै छौ। उहाँहरू पनि हामीप्रति सकारात्मक नै हुनुहुन्छ।’
नाउपाले सुदूरपश्चिममा मुख्यमन्त्रीसहित केही मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ।




















प्रतिक्रिया