Logo

प्रमुख समाचार

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनमा मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ।

विहिबार सबै ६ प्रारम्भिक उम्मेदवारसँग छलफल गरेपछि बाँकी पाँच जनाले आफ्नो उम्मेदवार फिर्ता लिएपछि लिम्बु उम्मेदार बनेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिएका छन्।

इलाम-२ का लागि रास्वपाको प्रारम्भिक उम्मेदवारमा गोकुल बहादुर राई, जमुना शर्मा, महेन्द्र कुमार थापा, मान बहादुर घिमिरे, मिलन लिम्बु र डा. शेष नारायण न्यौपाने रहेका थिए।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार १८:३७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।