काठमाण्डौं । आफ्नी श्रीमती उपाध्यक्ष रहेको साइ स्वागत सहकारीमा काठमाण्डौं महानगरपालिकाले छापा हानेपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाण्डौं महानगरपालिकाका प्रमुख (मयेर) बालेन शाहसँग भेटवार्ता गरेका छन ।
गृहमन्त्री लामिछानेले बुधबार दिउँसो आफ्नै कार्यकक्षमा मेयर शाहसँग भेट गरेको स्रोतले जानकारी दिएको छ । महानगरले बुधबार नै गृहमन्त्री लामिछानेकी पत्नी निकिता पौडेल उपाध्यक्ष रहेको साइ स्वागत सहकारीमा छापा हानेको थियो । महानगरको छापालगत्तै लामिछानेले मेयर शाहलाई भेटका हुन् ।
महानगरले छापा मारेर उक्त सहकारीको सफ्टवेयर नियन्त्रणमा लिएको थियो । बचतकर्ताको रकम फिर्ता नदिएको उजुरी परेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले महानगरसँग उक्त सहकारीबारे जानकारी मागेको थियो ।




















प्रतिक्रिया