काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउदै सवारी साधनमा जोरबिजोर लागू गर्ने निर्णय गरिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गृहमन्त्रालयसँग गरेको छलफलपछि निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेका हुन् ।
स्रोतका अनुसार भोलिदेखि उपत्यकामा १६ सिटभन्दा बढी क्षमताका सवारी जोरबिजोर नम्बरका आधारमा सञ्चालनमा आउनेछन् ।यातायातमा जोरबिजोर र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर धेरै क्षेत्र खुल्न दिने निर्णय भएको स्रोतको दाबी छ । शैक्षिक संस्था, सिनेमा हललगायत भिडभाड हुने स्थल भने बन्द रहने बताइएको छ ।
कुन बार केको पसल खुल्छ
भोलिदेखि केही व्यापार(व्यवसाय र पसल बारअनुसार खुल्ने निर्णय भएको छ । सपिङ मल, फेन्सी, जुत्ता, कस्मेटिकका पसल सोमबार, बुधबार र शनिबार खोल्न पाइने छ भने भाडा र भान्साका सामग्रीका पसल आइतबार मंगलबार र शुक्रबार खोल्न पाइने छ ।
यस्तै, फर्निचर र अटोबाइलका पसल सोमबार र बुधबार मात्रै खोल्न पाइने छ । फुटपाथ, ठेला, स्टेसनरी, इलेक्ट्रिक्सका पसल र डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म खोल्न पाइने छ ।
प्रतिक्रिया