Logo

प्रमुख समाचार

मधेश प्रदेशमा सरकार विस्तार, को-को बने मन्त्री?



जनकपुरधाम । मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

मुख्यमन्त्री यादवले माओवादीबाट दुई जना र एकीकृत समाजवादीबाट एक जना मन्त्री सामेल गर्दै सरकार विस्तार गरेका हुन् । माओवादीबाट भरतप्रसाद साह र युवराज भट्टराई मन्त्री बनेका छन् भने एकीकृत समाजवादीबाट बेची लुंगेली मन्त्री बनेका छन् । उनीहरुको आजै शपथ गराउने तयारी भएको छ ।

यसअघि माओवादीबाट उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री रहेकी सुनिता यादवलाई भने राजीनामा गर्न लगाइएको छ भने राज्यमन्त्री रहबर अन्सारीलाई समेत फिर्ता बोलाइएको छ ।

मधेस प्रदेशमा समा जसपाले मुख्यमन्त्रीसहित ४, एमालेले ४, एकीकृत र माओवादी केन्द्रले २-२ मन्त्रालय पाएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार १६:२४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।