सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशका सांसद विनोदकुमार शाह पुनः कृषि मन्त्री नियुक्त भएका छन् ।
मुख्यमन्त्री यमलाल कँडेलले शाहलाई कृषि तथा भूमि व्यवस्थामन्त्रीमा नियुक्त गरेका हुन् । शाहले यसअघि गत वैशाख १८ गते कृषि मन्त्रालयमा चित्त नबुझेको भन्दै शपथ बहिष्कार गरेका थिए ।
तर शपथ बहिष्कार गरेको २२ औं दिनमा फेरि शाहले सोही मन्त्रालयको शपथ लिएका छन् । उनले आजै प्रदेश प्रमुख तिकल परियारसमक्ष शपथ लिएका छन् ।
प्रतिक्रिया