Logo

अनलाइनपाना खोज

के हाे पर्सनालिटी डिसअर्डर ?



काठमाडाै‌ँ । नेसनल लाइब्रेरी अफ मेडिसिनकाे वेवसाइटमा राखिएकाे लेखअनुसार  विश्वको जनसङ्ख्याको लगभग ६ प्रतिशत मानिसहरू पर्सनालिटी डिसअर्डरबाट प्रभािवित रहेकाछन् ।पर्सनालिटी जसलाई हामी व्यक्तित्व भन्छौं यो धेरै चीजहरू मिलेर बनेको हुन्छ । जसमा हाम्रो परिवेश हाम्रो पालनपोषण कसरी भएको छ भन्ने कुराले पनि हाम्रो पर्सनालिटी झल्काउँछ । हाम्रो पर्सनालिटीले नै हाम्रो विचार, कार्य र सम्पूर्ण जीवनलाई आकार दिन्छ ।

समयसँगै हाम्रो व्यक्तित्व पनि बिस्तारै परिवर्तन हुन्छ । तर, त्यो परिवर्तन अस्वाभिक भने हुनु हुँदैन। पर्सनालिटी डिसअर्डर भनेको एक मानसिक समस्या हो । जुन व्यक्तिको भावना, सोच र व्यवहारको जिद्दी र अस्वस्थ ढाँचा हो  । यसमा व्यक्तिको विचार र  व्यवहार बाँकी मानिसहरूको भन्दा फरक हुन्छ । पर्सनालिटी डिसअर्डर भएका व्यक्तिहरूलाई सामान्यतया अरूसँग मिल्न नसक्ने र दैनिक कार्यहरू गर्न समस्या हुने हुन्छ । जसले गर्दा व्यक्तिको सामाजिक व्यवसायिक कार्यहरूमा असर पुग्छ ।

पर्सनालिटी डिसअर्डर किन हुन्छ ?

यो एक प्रकारको मानसिक समस्या भित्रकै पाटाे हो । पहिलो वंशाणुगत कारण र अन्य जैविक कारणहरुले गर्दा पर्सनालिटी डिसअर्डरको जोखिम बढाइरहेको हुन्छ । साथै यसमा व्यक्तिको सामाजिक वातावरण जसले गर्दा बाल्यावस्था देखि व्यक्तिको साेच्ने शैली, गर्ने व्यवहारहरूले  व्यक्तिलाई असर पारिरहेको हुन्छ र जसले गर्दा पर्सनालिटी डिसअर्डर हुने हुन्छ ।

पर्सनालिटी डिसअर्डरका लक्षणहरु के–के हुन् ?

पर्सनालिटी डिसअर्डर भएमा मानिसहरू खराब सम्बन्ध , अस्थिर सम्बन्ध, अत्याधिक डर, रिसाहा , एकदमै शङ्कालु , साथीहरू बनाउँन नसक्ने, अधैर्य,  अस्पष्ट आत्म छवि र आफूलाई हानी पुग्ने जस्ता लक्षणहरू देखिन्छन् ।

पर्सनालिटी डिसअर्डरका प्रकारहरु निम्न रहेका छन् । 

प्यारानोइड पर्सनालिटी डिसअर्डरः जसमा असामान्य तरिकाले कुनै पनि व्यक्तिलाई विश्वास नगर्ने शंकाको भावना मात्रै आउँने जसले गर्दा उसको सामान्य जीवनयापन गर्न निकै कठिनाई हुन्छ ।

स्किजोइड पर्सनालिटी डिसअर्डर: जसमा व्यक्ति सामाजिक जीवनबाट टाढा बस्न चाहाने , व्यक्तिहरूले व्यक्तिगत सम्बन्ध बनाउन नचाहाने आफ्नै तरिकाले जीवन जिउन चाहाने हुन्छन् ।

स्किजोटाइपल पर्सनालिटी डिसअर्डर: जसमा नजिकको सम्बन्धमा थोरै असहज महसुस गर्ने फरक तरिका र गर्ने व्यवहार अप्ठ्यारो तरिकाको देखिन्छ ।

एण्टिसोसल पर्सनालिटी  डिसअर्डर: जसमा सामाजिक नियमहरू उल्ङ्घन गर्नेहरूको हक अधिकारको हनन् गर्ने त्यसको बेवास्ता गर्ने खालका व्यवहारहरू यसमा देखिन्छन् ।

बोर्डरलाइन पर्सनालिटी डिसअर्डरः जसमा कुनै पनि काम कुरामा व्यक्ति स्थिर नहुने,  सानो कुराले पनि दुखी र खुसी हुने, मल्टिपल रिलेसन सिप बनाउने , सम्बन्धहरु स्थिर नहुने आफ्नाे धारणहरू नै शंकास्पद हुने , आवेशमा आएर निणर्य गर्ने जसले गर्दा पछि आफैलाई तनाब हुने खालका व्यवहारहरू यसमा देखिन्छन् । यो बोर्डरलाइन पर्सनालिटी  धेरै जसो महिलाहरुमा देखिने हुन्छ । यो बच्चा बेलामा भएको कुनै दुखद घटनाले हुने गर्दा पनि देखिने हुन्छ ।

हिस्ट्रोनिक पर्सनालिटी डिसअर्डर : जसमा मानिसहरू अक्सर अत्यधिक नाटकीय स्वभावका हुन्छन् । तर, तिनिहरुमा आलोचना वा आफैंसँग असहमति स्वीकार गर्न ठूलो समस्या हुने हुन्छ ।

नार्सिस्टि पर्सनालिटी डिसअर्डर: जसमा एकदमै ठूलो ठूलो कुरा गर्ने हुन्छ । आफनो क्षमता भन्दा पनि धेरै ठूल्ठूलो कुरा गर्ने , आफनो बारेमा अरुको अघि बखान गर्ने । अरूले मलाई मान्नुपर्छ भने धारणा व्यक्तिमा हुन्छ । उसमा अरूको भावना नबुझने व्यवहारहरु देखिन्छन् ।

अवोइडेन्ट पर्सनालिटी डिसअर्डर: जसमा सामाजिक अवस्थाहरु अन्देखा गर्ने हुन्छ । आफूलाई मन नपर्ने अरुले मुल्याङ्न गर्ने ठाउँहरुमा सकभर नजाने त्यस्तो ठाउँबाट आफूलाई टाढै राख्ने गर्छन् ।

डिपेन्डेन्ट पर्सनालिटी डिसअर्डर: जसमा  व्यक्ति अरुमा अत्याधिक आश्रित हुने हुन्छन्  । तिनीहरू सामान्यतया एक्लै हुनबाट जोगिन्छन्।

अबसेसिव कम्पल्सिव पर्सनालिटी डिसअर्डर: जसमा  आफूले सोचेजस्तो हुनुपर्छ भन्ने खालको सोच सबै कुरा आफनो कन्ट्रोलमा हुनुपर्छ भन्ने मानसिकता देखिन्छ । आफुले सोचेजस्तो नभएपछि उनीहरूलाई एंग्जाइटी हुने हुन्छ ।

पर्सनालिटी डिसअर्डरकाे उपचार के हो ?

यसमा मनोचिकित्साले पर्सनालिटी डिसअर्डर व्यवस्थापन गर्न सहयोग गर्छ । उपचारको क्रममा डाक्टरले व्यक्तिको अवस्था, भावना र विचारहरू छलफल गर्ने  गर्छन् । साथै औषधीहरू पनि दिइन्छ । औषधीहरूले पर्सनालिटी डिसअर्डरको लक्षणहरू कम गर्न मद्दत गर्न सक्छ। एन्टिसाइकोटिक औषधिहरू,  जसलाई न्यूरोलेप्टिक्स पनि भनिन्छ । एन्टी–एन्जाइटी औषधिहरू औषधीहरूले चिन्ता, बेचैनी र अनिद्रा कम गर्न सहयोग गर्छ ।

यसबाट बच्न बाल्यावस्था देखि नै व्यक्तिको हुर्काइमा ध्यान दिन आवश्यक छ । साथै उमेर बढ्दै जाँदा व्यक्तिले कस्ता व्यक्तिहरूको संगत गर्छ त्यसमा पनि ध्यान दिन आवश्यक छ ।

यो लेख चिकित्सा मनोविद् सिर्जना अधिकारी सँगको कुराकानीका आधारमा तयार पारिएको हो । 

प्रकाशित मिति : जेष्ठ ३०, २०८१ बिहीबार  ४ : ३१ बजे

258
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।