काठमाडौं । राजीनामा बुझाउन बालुवाटार गएका रास्वपाका मन्त्रीहरु त्यसै फर्किएका छन् । राजीनामा पत्र बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नबुझाई फर्किएका हुन् ।
एक घण्टा बढी छलफल गरेका उनीहरुलाई प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिन प्रयास गर्ने बताएपछि रास्वपाका मन्त्रीहरु राजीनामा नबुझाइ फर्किएको बालुवाटार स्रोतले जनाएको छ ।
उनीहरु राजीनामा दिने तयारीका साथ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री प्रचण्डसँगको छलफल पछि उनीहरू राजीनामा नदिएर फर्किएका हुन् । प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिएको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।




















प्रतिक्रिया