Logo

प्रमुख समाचार

नेकपा एसको नेतृत्व चयन सहमतिमै हुन्छ : माधव नेपाल



काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको नेतृत्व चयन सर्वसम्मत हुने बताएका छन् ।

बिहीबार काठमाडौंस्थित एक होटलमा पार्टीका शीर्ष तहका नेताहरूसँगको छलफलपछि अध्यक्ष नेपालले सहमतिमै नेतृत्व चयन हुने बताएका हुन् । नेकपा एसको जारी महाधिवेशनमा अध्यक्षमा नेपाल र महासचिव घनश्याम भुसालले दाबी गरिरहेका छन् ।

अध्यक्ष नेपालले वार्तापछि सहमतिबाटै नेतृत्व टुंगो लाग्ने निष्कर्षमा पुगेको बताए । ‘छलफल चलिरहेको छ । सर्वसम्मत रूपमा नेतृत्व चयन हुन्छ । पहिलो महाधिवेशन हुँदै छ, दोहोरिने होइन,’ उनले भने ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार १३:५१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।