काठमाडौं । नेकपा (एमाले) चार महिनापछि सदनमा प्रतिपक्षी बेञ्चमा बसेको छ । गत असार १७ गतेदेखि नेपाली कांग्रेससँग सत्ता गठबन्धन गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको एमाले आइतबार बसेको प्रतिनिधि सभा प्रतिपक्षी दलको बेन्चमा बसेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रहेका मन्त्रीहरूले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेको छ ।
एमाले ०८१ फागुन २१ गते नेकपा (माओवादी केन्द्र)सहित चार दलको गठबन्धन बनाएर सत्तारुढ बनेको थियो । उसले अहिले कांग्रेससँग गएको सोमबार गठबन्धन बनाएको छ ।
एमालेले प्रचण्डलाई राजीनामा दिन माग गरेको छ । तर, प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।




















प्रतिक्रिया