Logo

प्रमुख समाचार

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्वीप



काठमाडौं । नेकपा एमालेले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले यही २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

एमालेले ह्विप जारी गर्दै उक्त दिनको बैठकमा आफ्नो पार्टीका सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन पनि दिएको छ ।

प्रकाशित मिति : असार २६, २०८१ बुधबार  १ : २२ बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।