Logo

प्रमुख समाचार

कुनै पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक स्थगित



काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आजको बैठकमा सरकारका कुनै पनि मन्त्री उपस्थित नरहेपछि बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।

आजको बैठकमा मन्त्रीहरु उपस्थित नभएपछि कांग्रेसका सांसद रामहरी खतिवडाले सभामुखको ध्यानाकर्षण गराएका थिए ।

प्रतिनिधिसभा संचालन नियमावलीअनुसार संसद संचालन हुन सरकारका कम्तिमा एक मन्त्रीको उपस्थिति अनिवार्य रहेको छ ।

अब शुक्रबार बस्ने संसद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार १७:४०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।