Logo

प्रमुख समाचार

प्रधानमन्त्रीमा ओलीकाे आज नियुक्ति, सोमबार बिहान शपथ



काठमाडौं । प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीकाे यात्रा आजदेखि सुरु हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले दाबी प्रस्तुत गर्न तोकिएको समयावधि पूरा गरी ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी गराएको छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल अनुसार , ‘आज ५ बजेसम्म प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्नका लागि समय तोकिएको हो । यो समय सकिएपछि राष्ट्रपतिज्यूले प्रधानमन्त्री नियुक्त गर्नुहुनेछ ।’

चौथो पटक प्रधानमन्त्री बन्न लागेका ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन् । स्रोतका अनुसार ओलीले सोमबार ११ बजे पद तथा गोपनीयताको सपथ लिने भएका छन् ।

प्रकाशित मिति : ३१ असार २०८१, आईतवार १४:२८   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।