Logo

राजनीति

रवि र स्वर्णिम खतरनाक देशद्रोही देखिए : कांग्रेस नेता शाही



काठमाडौं । नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपाध्यक्ष स्वर्णिम वाग्ले खतरनाक देशद्रोही भएको टिप्पणी गरेका छन्।

कांग्रेस महाधिवेशन प्रतिनिधि एवं नेपाल विद्यार्थी संघका पूर्ववरिष्ठ उपाध्यक्ष शाहीले रास्वपाकै महामन्त्रीबाट पार्टी सभापति र उपसभापतिले नेपाललाई भारतको कुनै एउटा प्रान्त बनाउने लबिङ गरेको खुलासा गर्नु राष्ट्र घातको ठूलो उदाहरण भएको बताएका हुन्।

सुकेधारामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता शाहीले रास्वपा सभापति रविले आफूलाई प्रधानमन्त्री बनाए देश नै भारतलाई सुम्पिनेसम्मको बहस गर्नु र पार्टीकै महामन्त्रीबाट उक्त कुराको सार्वजनिक हुनु निकै चिन्ताको विषय भएको औल्याए।

‘देशको गृहमन्त्री बनिसकेका व्यक्तिबाटै म देश भारतलाई सुम्पिन्छु भन्नु गम्भीर विषय हो। यो क्षमायोग्य होइन। लामिछाने र वाग्ले देशद्रोही हुन्। उनीहरूको अभिव्यक्तिमाथि छानबिन हुनुपर्छ,’ उनले भने।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार १४:१४   :  बजे

372
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।