Logo

राजनीति

रवि लामिछानेले बधाई दिँदै भने- भ्रष्टाचार र विचलनका मुद्दामा निर्मम हुन्छौँ



काठमाडौं । निवर्तमान गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्री मण्डललाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

सामाजिक सञ्जालमा लामिछानेले लेखेका छन्, ‘नवनियुक्त प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूसहित सम्पूर्ण मन्त्री मण्डललाई सफल कार्यकालको शुभकामना हामी भ्रष्टाचार र विचलनका मुद्दामा निर्मम ढङ्गले प्रस्तुत हुनेछौँ भने सुशासन र समुन्नतिका विषयमा सहकार्य गर्न तयार रहनेछौँ।’

प्रकाशित मिति : ३२ असार २०८१, सोमबार १७:०६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।