Logo

प्रमुख समाचार

सबै राजनीति दलबीच संवाद र सहमतिबाट संविधान संशोधन हुन्छ : गृहमन्त्री लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशमा क्रियाशील राजनीति दल बिचमा संवाद र सहमतिबाट संविधान संशोधन गरिने बताएकाे छन् ।

आइतबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा संघीय संसद भवनमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री लेखकले यस्ताे बताएकाे हुन् ।

साथै संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढीकरण संविधान संशोधन गरिने उनकाे भनाइ थियाे । नेपाली कांग्रेस र एमालेबिच सत्ता सहकार्यका लागि भएकाे सात बुँदे सहमतिमा पनि संविधान संशोधनकाे कुरा उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा विश्वासकाे मत माग्ने क्रममा उक्त सात बुँदे सहमति सार्वजनिक गरेका थिए ।

सरकारकाे विधेयक समितिका संयाेजक समेत रहेका गृहमन्त्री लेखकले संविधानकाे अभ्यासका क्रममा देखिएका सबल र दुर्बल पक्षकाे समीक्षा गरि आवश्यक संशोधन र परिमार्जन गरिने बताए ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार १६:३२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।