काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आजको केन्द्रीय समितिको बैठक सुरू भएको छ ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको बैठकमा पार्टी गतिविधि र समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराइने बताइएको छ।
विभाग प्रमुख मनोनयन, विधान संशोधन प्रक्रिया थालनी र कार्यदल पुनर्गठन, क्लोज क्याम्प, कर्णाली विशेष अभियान बैठकको एजेन्डाका रूपमा रहेको छ।
बैठकको सुरूवातमा नेपालमा केही सप्ताहदेखि हुँदै आएको प्राकृतिक प्रकोपबाट ज्यान गुमाउनेहरू, सिमलताल दुर्घटनामा ज्यान गुमाउनेहरू र सौर्य एयरलाइन्सको दुर्घटनामा ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै, शोकाकुल परिवार प्रति समवेदना प्रकट गर्दै एक मिनेट मौनधारण गरेर बैठक सुरु भएको छ ।




















प्रतिक्रिया