Logo

कर्णाली प्रदेश

कर्णालीमा विशेष अभियान चलाउने रास्वपाको निर्णय



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णाली प्रदेशमा विशेष अभियान चलाउने भएको छ ।

बिहीबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले अभियान विभागका प्रमुख विपिन आचार्यको नेतृत्वमा अभियान चलाउने निर्णय गरेको हो । आगामी भदौ दोस्रो साताबाट अभियान चलाउने तयारी रहेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकले पार्टीको विधान परिमार्जनका लागि कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदललाई ९० दिनको समय दिइएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार १६:००   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।