Logo

प्रमुख समाचार

प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे निर्णय गर्न बोलाइएको बैठक सर्‍यो



काठमाडाैं । प्रस्तावित निर्वाचन आयुक्तमा कृष्णमान प्रधानबारे निर्णय गर्न बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सरेको छ ।

सोमबार बिहान ११:३० बजे बस्ने गरी तय भएको बैठक सोमबार अपराह्न ५ बजेसम्मका लागि स्थगित गरिएको हो ।

संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले ११:३० बजे बस्ने गरी बोलाइएको बैठक अपराह्न ५ बजे बस्ने गरी सारिएको जानकारी दिए ।

२ असारमा संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गर्दा एक महिलाले आफूलाई प्रधानले यौन शोषण गरेको उजुरी दिएकी थिइन् ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार ११:३१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।