Logo

प्रमुख समाचार

रेल र पानीजहाज जनताको माग हो : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रेल र पानीजहाज चलाउने सरकारको योजना रहेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा मन्त्रीहरूसहित सचिवहरूलाई राखेर प्रधानमन्त्री ओलीले निर्देशन दिँदै भने, ‘रेल र पानीजहाज चलाउने हाम्रो योजना छ । रेलका लागि जनताको माग छ । हाम्रो प्राथमिकता यसमा रहनेछ ।’

विकास,समृद्धि र सुशासनका सवालमा सरकारले देखिनेगरी काम गर्नुपर्ने भन्दै ओलीले सवारी साधन, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र लगायत सेवा लिने ठाउँमा उभिन नसक्ने ज्येष्ठ नागरिक पनि लाइन लाग्नुपर्ने स्थिति दुःखद भएको र त्यसको अन्त्य हुनुपर्ने बताए ।

साथै उनले इजरायल र मलेसियाले समुन्द्रको पानी प्रशोधन गरेर पिउने पानी बनाइरहेको भन्दै नेपालले सगरमाथाको पानीलाई किन ब्राण्डिङ नगर्ने भन्दै यसमा ध्यान दिन सक्नुपर्ने बताए ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलवार १६:१४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।