Logo

राजनीति

तरुण दलको प्रस्तावित विधानमा लुम्बिनी र गण्डकीबाट राय सुझाव संकलन



काठमाडाैं । नेपाल तरुण दल विधान संशोधन मस्यौदा समितिले प्रस्तावित विधानमा सुझाव र राय संकलन गर्न सुरु गरेको छ ।  विधान संशोधन मस्यौदा समितिले तयार पारेको प्रस्तावित विधानमा सोमबार लुम्बिनी र गण्डकीका तरुणहरुको राय सुझाव संकलन गरिएको हो ।

नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा लुम्बिनी र गण्डकी प्रदेश अन्तर्गतको तरुण दल जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्यले प्रस्तावित विधानमाथि राय सुझाव दिएका थिए ।

कार्यक्रममा विधान संशोधन मस्यौदा समितिका संयोजक धनराज तुम्वाफोको सभापतित्वमा सम्पन्न कार्यक्रममा विधान संसोधन मस्यौदा समितिको सदस्यहरुले विधानका दफाहरु पढेर सुनाएका थिए । कार्यक्रममा लुम्बिनी र गण्डकी प्रदेश अन्तरगतको नेपाल तरुण दल जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्यहरुले राय र सुझाव दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथी एवम् केन्द्रीय अध्यक्ष विद्वान गुरुङले प्राप्त राय र सुझाव आगामी तरुण दल केन्द्रीय समितिमा लैजाने बताए । उनले कार्यक्रममा उपस्थित सम्पुर्ण तरुणहरुलाई धन्यवाद दिए । कार्यक्रममा केन्द्रीय अध्यक्ष गुरुङ प्रमुख आतिथ्यमा थिए भने नेपाल तरुण दलको पुर्वअध्यक्ष, काङ्ग्रेसको केन्द्रीय सदस्य, सांसद उदयशमशेर राणाको विशेष उपस्थिति थियो ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलवार १२:३४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।