काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा यसअघिको महासमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि बिहीबारबाट छलफल हुने भएको छ ।
बुधबार दिउँसो बसेको बैठकमा महासमितिले पारित गरेका विभिन्न प्रस्ताव सुझावसहित अनुमोदन गर्नेदेखि भदौ महिनामा संगठन सुदृढीकरण अभियान चलाउनेजस्ता प्रस्ताव रहेको छ।
आज बसेको बैठकमा ११ वटा एजेन्डा पेस भएको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । ‘ती परिमार्जित प्रस्तावमा भोलिबाट छलफल हुन्छ’, डा.महतको भनाइ छ ।
उनका अनुसार भदौ १५ देखि मंसिर २५ गतेसम्म संगठन सुदृढीकरण अभियान चलाउने प्रस्ताव पनि केन्द्रीय समितिमा पेस भएको छ । यो अभियान १०० दिनसम्म चल्ने प्रस्ताव छ ।
महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काको प्रतिवेदनमा जनयुद्ध शब्द र महामन्त्री गगन थापाको प्रस्तावमा रहेको गठबन्धन नगर्ने विषय समेटिएका थिए ।




















प्रतिक्रिया