काठमाडाैं । थाइल्याण्डमा अदालतको आदेशबाट त्यहाँको सबैभन्दा ठूलो दल मुभ फरवार्ड पार्टी विघटन भएको छ ।
बुधबार थाइल्याण्डको अदालतको संवैधानिक इजलासले मुभ फरवार्ड पार्टीलाई विघटन गर्ने फैसला सुनाएको हो ।
थाइल्याण्डको संवैधानिक अदालतले भनेको छ– मुभ फरवार्ड पार्टीले देशको राज परिवारसँग सम्बन्धित कानुनमा संशोधनको प्रस्ताव गरेर संविधान उल्लंघन गरेको छ । कानुनमा संशोधन गरेर संवैधानिक राजतन्त्रलाई फ्याँक्ने प्रयास गरेको ठहर अदालतको छ ।
सन् २०२३ को राष्ट्रिय चुनावमा जित हासिल गरेर मुभ फरवार्ड पार्टी सबैभन्दा ठूलो दल बनेको थियो । तर उसले सरकारको नेतृत्व गर्न भने पाएन र विपक्षमा बसेको छ ।
मुभ फरवार्ड पार्टीले संविधान र कानुनमा संसोधन आवश्यक रहेको भन्दै अभियान चलाएपछि त्यहाँको निर्वाचन आयोगले मुद्दासमेत दायर गरेको थियो ।




















प्रतिक्रिया