काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध शब्द सुन्न नचाहेको देख्दा छक्क परेको बताएका छन् ।
टीआरसी विधेयकमाथि संसदमा भएको छलफलमा भाग लिँदै बुधबार माओवादी अध्यक्ष प्रचण्डले अहिले पनि नेताहरुले बोल्दा हिंसात्मक द्वन्द्व भन्ने गरेको बताए । ‘माओवादी जनयुद्ध शब्द प्रयोग गर्यो भने जात नै जाला जस्तो गर्नुहुन्छ’, उनले अगाडि भने ।
सविधानसभाबाट बनेको संविधान (अनुसूची) मा नै जनयुद्ध शब्द लेखिएको उल्लेख गर्दै उनले नेताहरुको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया