Logo

प्रमुख समाचार

रवि लामिछानेलाई नैतिक धरातल पुष्टि गर्न मुकुलको चुनौती, सोधे तीन प्रश्न



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदबाट हटाइएका डा. मुकुल ढकालले नैतिक धरातलमा उभिएको पुष्टि गर्न पार्टी सभापति रवि लामिछानेलाई चुनौती दिएका छन् ।

पार्टीले साउन ३० गते सोधेको स्पष्टीकरणको जवाफ दिने क्रममा ढकालले उल्टै प्रतिप्रश्नहरु गर्दै लामिछानेमाथि आफूले उठाएका प्रश्नहरु सत्यमा आधारित रहेको जिकीरसमेत गरेका छन् ।

ढकालले आफूलाई विधानविपरीत महामन्त्रीबाट पदमुक्त गरेको भन्दै दिएको उजुरी आयोगमा विचाराधीन रहेकै बेला कविन्द्र बुर्लाकोटी हस्ताक्षरमा रास्वपाले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

त्यसको भोलिपल्ट पत्रको बारेमा सभापति रवि लामिछानेलाई स्पष्टीकरण पठाउँदै उनले भनेका छन्, ‘मैले मिति २०८१।०४।२८ मा तपाई रवि लामिछाने, पार्टी सभापतिलाई सम्बोधन गरी ममाथि गरिएको भनिएको कारबाहीको कागजात प्रमाणहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गरिपाऊँ भनी लेखिएको पत्र पार्टी कार्यालयमा दर्ता नगरी यसरी उल्टै स्पष्टीकरणको पत्र पठाउनु तपाई रवि लामिछानेले पार्टीमा विधि विधान विपरीत, थितिरहित हैकमे निरडूश शासन चलाइरहेको स्पष्ट हुन्छ।’

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार १३:०४   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।