काठमाडौं । संघीय संसद्अन्तर्गतको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले सभाका हरेक बैठकमा नियमित रुपमा शून्य समय राख्ने निर्णय गरेको छ ।
बिहीबार संघीय संसद्अन्तर्गतको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले सभाका हरेक बैठकमा नियमित रुपमा शून्य समय राख्ने निर्णय गरेको हो ।
बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अब बैठकमा शून्य समय नियमित चलाउनेबारे कार्यव्यवस्था परामर्श मितिले निर्णय गरेको जानकारी दिए । यसअघि राष्ट्रियसभामा सातामा तीन दिन शून्य समय चलाइने गरेको थियो ।
बिहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले दलित समुदायमाथिको विभेद नहटेको, बर्खायाममा देशभर बाढी, डुबान तथा पहिरोलगायत समस्या सिर्जना भएको विषय उठाएका थिए ।
राष्टियसभाको बिहीबारको बैठकमा सांसदहरु पदमबहादुर परियार र विष्णुबहादुर विश्वकर्माले दलित समुदायमाथिको विभेद अन्त्य हुन नसकेको बताए ।
सांसद रुक्मिणी कोइरालाले ज्येष्ठ नागरिकले पाउँदै आएको वृद्धभत्तालाई उनीहरुको घरघरमा पु¥याउनुपर्ने व्यवस्था कार्यान्वयन गरिनुपर्ने धारणा राखे ।
सांसद रेणु चन्दले देशभरका विभिन्न स्थानमा बाढी र पहिरोका कारण तटबन्ध भत्किएको र विभिन्न स्थानका बस्तीहरु असुरक्षित भएको विषयमा सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया