बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार विश्वासको मत लिँदैछन् । आचार्यले विश्वासको मत लिने भएपछि सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमालेसहित साना दलले ह्विप जारी गरेका छन् ।
लुम्बिनी प्रदेशसभा सचिव दुर्लभ पुन मगरका अनुसार मङ्गलवार बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २५औं बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
विश्वासको मतको पक्षमा मतदान गर्न नेकपा एमाले, नेपाली कांग्रेस, जनमत पार्टी र नागरिक उन्मुक्तिसहित साना दलले ह्विप जारी गरेका छन् । त्यस्तै एमाले संसदीय दलको बैठकले पनि विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेका छन् ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतक निमा गिरीले नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई मंगलबारको प्रदेशसभामा उपस्थित भएर मुख्यमन्त्रीको पक्षमा मतदान गर्न ह्विप जारी गरेको बताइन् ।





















प्रतिक्रिया