Logo

राजनीति

गृहमन्त्री रमेश लेखक भोली मधेश प्रदेश जाँदै



काठमाडाैं । नेपाल सरकारको गृहमन्त्री रमेश लेखक भोली बिहिवार मधेश प्रदेशको राजधानी जनकपुरधाम जाने कार्यक्रम रहेको छ ।

गृहमन्त्री लेखकको धनुषा र सिरहा जिल्लाको विभिन्न स्थानहरुमा भ्रमण गर्ने पूर्व निर्धारित कार्यक्रमअनुसार भोली बिहान ८.१० बजे जनकपुरधाम विमानस्थलमा पुग्ने बताइएको हो ।

भ्रमणको क्रममा स्व. प्रदीप गिरीको दोश्रो बार्षिक कार्यक्रममा सहभागी हुने, जिल्ला सुरक्षा समिति सिरहा पदाधिकारीहरुसंग अन्तरक्रिया गरी निर्देशन दिइनेछ । सिहारबाट गृहमन्त्री लेखक जनकपुरधाम फर्केर रात्री विश्राम गरिने नेपाली काँग्रेस मधेश प्रदेश सूचना संचार तथा प्रचार प्रसार विभाग प्रमुख नितेश गुप्ताले बताए ।

भदौं ७ गते शुक्रबार गृहमन्त्री लेखकले जिल्ला प्रशासन कार्यालय धनुषाको भवन शिलान्यास गर्नुको साथै जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसंग छलफल एवं अन्तरक्रिया कार्यक्रम गर्ने उनले बताए ।

सोही समयमा नेपाली काँग्रेसका पदाधिकारीहरुसंग पनि वृहत छलफल गरेर मधेश प्रदेशमा नेपाली काँग्रेसलाई जनताको विश्वास जित्ने रणनीतिहरु तय गरिने समेत प्रमुख गुप्ताले बताए ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार १७:४५   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।