जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघीय प्रहरी कानुन संसोधन हुने गरी नयाँ कानुन नै बनाउन लागिएको बताएका छन् ।
आज बिहान जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री लेखकले सुशासन, दिगो शान्ति, विकास र समृद्धि प्राप्त गर्ने कुरामा सरकार अघि बढिरहेको बताएका हुन् । ‘यो सरकार डेलिभरी दिनका लागि बनेको हो, डेलिभरी हुन्छ, मुलुकमा शान्ति, सुव्यवस्था, विधिको शासन कायम हुन्छ,’ उनले भने ।
नेपाल प्रहरी ऐन २०१२ मा आवश्यक संशोधन गर्ने, परिमार्जन गर्ने र कानुन नै नयाँ बनाउने गरी गृहमन्त्रालयबाट प्रक्रिया अघि बढाइएको जानकारी पनि उनले दिए । ‘मैले मन्त्रालयबाट निर्णय गरेर अगाडि बढाइसक्या छु । त्यो अर्थ मन्त्रालयमा गाको छ,’ मन्त्री लेखकले भने, ‘विभिन्न मन्त्रालयहरुको सहमति पछि त्यो संसदमा जान्छ ।’
उनले प्रहरी सम्बन्धी संघका ऐनहरुमा संशोधन/परिमार्जन गरेर प्रहरी समायोजन र प्रदेश प्रहरी गठन हुने उनले बताए ।




















प्रतिक्रिया