काठमाडाैं । नेशनल लाईफ इन्स्योरेन्सको ३६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कम्पनीको केन्द्रिय कार्यालय प्राङ्गणमा आयोजित साधारणसभाले १० प्रतिशत नगद लाभांश (कर प्रयोजनका सहित) र ४ प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्ताव पास गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७९/०८० को आम्दानीबाट १४ प्रतिशत नगद र बोनस लाभांस पारित गरेको हो । कम्पनीको संचालक समितिले चुक्ता पूँजीको १० प्रतिशतको दरले नगद लाभांश अर्थात रु.५० करोड ११ लाख ६६ हजार ६ सय ४२ रुपैयाँ र बोनस सेयर ४ प्रतिशतले हुने लाभांश रु. २० करोड ४ लाख ६६ हजार ६ सय ५७ रुपैयाँ लगानी कर्तालाई वितरण गरेको छ ।
यस्तै, कर प्रयोगजनका लागि ३ करोड ६९ लाख २८ हजार ६८ रुपैयाँ छुट्याएको छ । अब कम्पनीको चुक्ता पूँजी रु.५ अर्ब २१ करोड २१ लाख ३३ हजार ८२ रुपैयाँ पुगेको छ ।
साधारणसभामा बोल्दै कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले कमजोर आर्थिक स्थितिमा पनि कम्पनीले उत्कृष्ट व्यापार गर्न सफल भएको बताएकी छिन् । अध्यक्ष सिंहले भनिन्, ‘कमजोर आर्थिक गतिविधिका कारण स्वदेशी अर्थ व्यवस्था समेत सुस्त रह्यो । तरलता समस्यामा केही सहजता देखा परे पनि बढ्दो व्याजदरको कारणले लगानीमा प्रतिकूल प्रभाव पायो भने पूँजीगत खर्च एवं समग्र मागमा आएको कमीले अर्थ व्यवस्थामा प्रतिकूल प्रभाव पारेको छ । यी विविध कारणहरुले आ.व.२०७९/०८० मा जीवन बीमा व्यवसाय राम्ररी विस्तार हुन सकेन, यद्यपि आ.व.२०८०/०८१ मा जीवन बीमा व्यवसायले सुधारको बाटो समातेको छ ।’
अध्यक्ष सिंहले कम्पनीले आगामी दिनमा थप व्यापार विस्तार गरी लाभांस दर बढ्ने विस्वास व्यक्त गरिन् । कम्पनीले आर्थिक वर्ष २०७९/८० मा प्रतिकूल परिस्थितिको वावजुद सन्तोषप्रद व्यवसाय गरी जीवन बीमा बजारमा आफ्नो हिस्सा विस्तार गर्न सफल भएको छ ।
कम्पनीको वित्तिय विवरण अनुसार कूल बीमा प्रिमियम आम्दानी समिक्षा वर्षमा १६.६६ प्रतिशतले वृद्धि भई रु १६८०.९० करोड पुगेको छ भने कूल लगानी १५.७२ प्रतिशतले वृद्धि भई रु ५९७८.२० करोड पुगेको छ ।
लगानी आयमा गत वर्ष भन्दा २२.११ प्रतिशतले वृद्धि भई रु.४८७१८ करोड पुगेको छ ।
कम्पनीको कूल बीमा करार दायित्वमा चालु वर्षको रु ९३१.८३ करोडको खूद वचत समेत गरेर वर्षान्तमा रु. ६,५४०.४० करोड पुगेको छ । कम्पनीले आगामी दिनहरुमा आफ्नो स्वामित्वमा जग्गा रहेका शाखाहरुमा व्यापारिक भवन निर्माण गर्ने प्रयोजनको लागि स्थिर सम्पत्तिमा थप लगानी गर्दै जाने नीति अवलम्बन गरेको छ ।
जसअनुसार नेपालगन्ज स्थित भवन निर्माण कार्य सम्पन्न हुने स्थितिमा छ र यथा शिघ्र सो भवन संचालनमा ल्याउन प्रयास भै रहेको कम्पनीले जनाएको छ ।




















प्रतिक्रिया