Logo

अर्थ

प्रभु महालक्ष्मी लाइफले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने, हकप्रद सेयर जारी गर्ने



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ  इन्स्योरेन्सले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ ।

यस कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समिति बैंठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद (कर तिर्न) घोषणा गरेको छ ।

साथै, कम्पनीले यस अघि घोषणा गरेको १७ प्रतिशत हकप्रद सेयरलाई परिमार्जन गरी ७ प्रतिशत मात्र हकप्रद सेयर जारी गर्ने भएको छ ।

बिमा प्राधिकरणले तोकेको ५ अर्ब चुक्ता पुँजी पुर्याउन १० प्रतिशत बोनस सेयर प्रश्चात ७ प्रतिशत मात्र हकप्रद जारी गरे पुग्ने हुँदा संस्थाले यसअघि घोषणा गरेको हकप्रद सेयरको दर घटाएको हो । बिमा प्राधिकरणले उक्त प्रस्ताव स्वीकृति गरेपछि यस कम्पनीको आगामी साधारण सभामा पेस हुनेछ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आईतवार ११:०४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।