काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक ११ भदौमा बस्ने भएको छ ।
मंगलबार बिहान ८ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बोलाइएको बैठकमा छलफलका लागि पाँच एजेण्डा तय गरिएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा समसामयिक पार्टी गतिविधि, राष्ट्रिय भेलाको तयारी, अनुशासनात्मक कारवाही र स्थानीय छाया सरकार कार्यविधिबारे छलफल हुने कार्यवाहक प्रवक्ता झाले बताए ।
१० साउनमा बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको थियो ।




















प्रतिक्रिया