Logo

अर्थ

आइएमई लाइफको कामु सिईओमा दिनेश अमात्य नियुक्त, बीमा क्षेत्रमा ३० वर्षको अनुभव



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको कामु सिइओमा दिनेश अमात्य नियुक्त भएका छन् ।

कम्पनीका सिईओ कवि फुयाँलले पदवाट राजीनामा दिएसँगै नायब कार्यकारी निर्देशक दिनेश अमात्यलाई नियुक्त गरेको हो ।

कम्पनीको सञ्चालक समितिको बैठकले अमात्यलाई कामु सिईओको जिम्मेवारी तोकेको हो ।

अमात्य यसअघि बरिष्ठ डेपुटी सिईओका रुपमा कम्पनीमा कार्यरत रहेका थिए । अमात्यको जीवन बीमा क्षेत्रमा ३० वर्षभन्दा लामो अनुभव रहेको छ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार ११:११   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।