Logo

प्रमुख समाचार

एमसीसीको विपक्षमा उभिन महासचिव देव गुरुङले आग्रह



काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)को विपक्षमा उभिन आग्रह गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले मङ्गलवार राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले एमसीसीको विरोध गर्न आग्रह गरेका हुन् ।

अमेरिकाको सैन्य रणनीति अन्तर्गत नेपालमा एमसीसी ल्याइएको दाबी गर्दै उनले सबै मिलेर यसको प्रतिवाद नगरे देश दोस्रो युक्रेन बन्ने खतरा रहेको बताए ।

‘अमेरिकाको रणनीतिमा बस्यो भने नेपाल दोस्रो युक्रेन बन्ने खतरा रहेको छ । सम्पूर्ण वामपन्थी, राष्ट्रवादी शक्तिहरूलाई एकढिक्का भएर प्रतिवाद गर्न म आग्रह गर्छु । सबै मिलेर प्रतिवाद गर्न सकियो भने हाम्रो मुलुक सदाका लागि स्वाधीन बन्नेछ’, उनले भने ।

कार्यक्रममा उनले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले अमेरिकी सैन्य क्याम्प राख्न टापु राख्न नदिएकाले सत्ता ढलेको दाबी गरे ।

प्रकाशित मिति : भाद्र १८, २०८१ मंगलबार  ४ : ०७ बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।